विद्यार्थीहरुलाई स्वास्थ्योपचार सुविधाका लागि त्रिभुवन विश्वविद्यालय र भेरी अस्पताल नेपालगंज बीच समझदारी

विद्यार्थीहरुलाई स्वास्थ्योपचार सुविधाका लागि त्रिभुवन विश्वविद्यालय र भेरी अस्पताल नेपालगंज बीच समझदारी

2024-03-07

मिति २०८० फागुन २४,

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुलाई कल्याणकारी योजना अनुरुप योगदानदायी सिद्धान्तको आधारमा स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने नीतिगत निर्णयानुसार  यस नेपालगंज नर्सिङ्ग क्याम्पसको को संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय र भेरी अस्पताल नेपालगंज बीच सहमति भई यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि दुवै तर्फबाट सहमति पत्र मा हस्ताक्षर भएको छ | सो कार्यक्रममा त्रि.वि. विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारी भेरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा.पवनजङ्ग रायमाझी, प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, लेखा अधिकृत नारायण प्रसाद लम्साल र यस क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार लगायत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो | कार्यक्रमको संचालन यस क्याम्पसको सहायक प्राध्यापक शर्मिला थापाले गर्नुभएको थियो |