मिति २०८० माघ १५ गते सोमबार
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगंज नर्सिङ्ग क्याम्पसले प्रथम पटक आफ्नो ५४ स्थानपन दीवस मनाएको छ सो बार्षिक उत्सवका आवसरमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहको प्रमुख आतिथ्य तथा सहायक डीन प्राध्यापक तक्मा के.सी.,भेरी अस्पतालका प्रमुख डा पवन रायमाझी , श्री दुर्गालक्ष्मी श्रेष्ठ ,प्रमुख अस्पताल नर्सिग प्रशासक भेरी अस्पताल तथा नेपालनगंज नगरपालीका स्वास्थ्य शाखा प्रमुख चन्द लगायतको उपस्थिती र क्याम्पस प्रमुख श्री तुलसा सुनारको अध्यक्षतामा उक्त बार्षिक उत्सव समारोह मनाईएको थियो चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा.डा दीव्यासिंह शाहले नेपालगंज नर्सिगं क्याम्पसलाई आफुले सक्दो सहायोग गर्न प्रतिवद्धता राख्नु भएको थियो भने सहायक डीन प्रा. तक्मा के सी यस क्याम्पसको बारे थप योजना बनाई अगाडी बढाउने र पक्कै पनि आगामी दिनमा राम्रो हुनेछ भन्ने मन्तव्य राख्नु भयो , क्याम्पस प्रमुख सुनारले वर्ष भरि गरेको कार्य र भएका प्रगतिको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्नु भयो भने बार्षिक प्रतिवेदनको डीनले विमोचन समेत गर्नु भएको थियो सो कार्यक्रममा स्वागत मन्तव्य उप प्रा सुनिता आचार्यले र नर्सिड पेशाको चुनौति र अवसर बारे श्री दुर्गालक्ष्मी श्रेष्ठले र नेपाल नर्सिङ संघ बाँकेकि अध्यक्ष लक्ष्मी के सी ले आफ्ना भनाईराख्नु भएको थियो भने उक्त कार्यक्रममा धेरै वर्ष सेवा गरेका एकजना कर्मचारी जो पैकराम पासी र शिक्षक सरस्वती पि.सी लाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । क्याम्पसमा वर्षभरि गरेका विभिन्न खेलकुदमा भएका प्रतियोगिताको विभिन्न विदामा जित्ने खलाडीलाई पुरस्कार वितरण तथा सांस्कृतिका कार्यक्रम संचालन गरि बार्षिक उत्सव सम्पन्न भयो साथै उक्ते संचालन उप प्रा रेखा खड्का र प्रशासन सहायक भद्र थापाले गर्नु भएको थियो ।


