नेपालगंज नर्सिङ्ग क्याम्पस, बाँकेको निर्माण सम्पन्न शैक्षिक भवन समुद्घाटन कार्यक्रम

नेपालगंज नर्सिङ्ग क्याम्पस, बाँकेको निर्माण सम्पन्न शैक्षिक भवन समुद्घाटन कार्यक्रम

2023-11-26

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपालगंज नर्सिङ्ग क्याम्पस, बाँकेको निर्माण सम्पन्न शैक्षिक भवन समुद्घाटन २०८०।०८।१० मा त्रि.वि.का रजिस्ट्रार प्रा.डा. पेशल दाहालले गर्नु भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय कार्यन्वयन ईकाई आयोजना, नेपालगंज, बाँकेद्वारा प्राविधिक परामर्श तथा सुपरभिजन भई रु ९९ लाख ८२ हजार ७ सय ५० रुपैया (मु.अ. कर बाहेक) लागत रहेको उक्त शैक्षिक भवन रजना निर्माण सेवा, चन्दननाथ-३ ले २०८० जेष्ठ मसान्तमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको थियो |

उद्घाटन कार्यक्रममा त्रि.वि.का रजिस्ट्रार प्रा.डा. पेशल दाहालले नयाँ भवनम अध्ययनरत छात्राहरुलाई शिक्षण कार्यको लागि सहज हुने मन्तव्य राख्नुभयो | सो कार्यक्रममा प्रमुख अथितिको रुपमा त्रि.वि.का रजिस्ट्रार प्रा.डा. पेशल दाहाल, बिशेष अथितिको रुमपा चिकित्सा शास्त्र अध्ययन संस्थानका  डीन प्रा.डा. दिव्या सिंह शाह सहायक डीन प्रा.डा. अभिमन्यु झा तथा रजिस्ट्रार कार्यालय प्रमुख नविन्द्र प्रसाद भण्डारी र चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रशासन प्रमुख कृष्णहरि आचार्य समेतको आथित्य र सभाध्यक्ष को रुपमा क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनारज्यूको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पन्न गरियो | उक्त कार्यक्रम संचालन भद्र बहादुर थापाले गर्नु भएको थियो |