नेपालगंज नर्सिङ्ग क्याम्पस तथा नेपाल बैंक लिमिटेड, सिटी अफिस, नेपालगंज बीच सेवा ग्राही कर्जाको लागि संझौता

नेपालगंज नर्सिङ्ग क्याम्पस तथा नेपाल बैंक लिमिटेड, सिटी अफिस, नेपालगंज बीच सेवा ग्राही कर्जाको लागि संझौता

2023-08-20

आज मिति २०८० साल भाद्र ०३ गते नेपालगंज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड सिटी अफिस बीच सेवा ग्राही कर्जाको लागि संझौता भएको छ |नेपालगंज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख श्री तुलसा सुनार र नेपाल बैंक लिमिटेड बाँकेका शाखा प्रवन्धक श्री रुपेश कुमार श्रीवास्तव बीच संझौता पत्रमा हस्ताक्षर भई क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवा ग्राही कर्जा अन्तरगत वार्षिक आधार दर बैंकको नियमानुसार र +३.५ प्रतिशत दरले व्याज लिने गरि अधिकतम् रू.१५,००००००/- सम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ | नेपाल बैंक लिमिटेड तथा नेपालगंज नर्सिङ्ग क्याम्पस बीच भएको सेवा ग्राही कर्जा  सहमतिले यस क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनहरुका लागि एकदम राहत भएको यस क्यामपसका क्याम्पस प्रमुख श्री तुलसा सुनारले जानकारी दिनु भयो ।