नेपालगंज नर्सिङ्ग क्याम्पसद्वारा त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवसमा खेल प्रतियोगिता तथा वृक्षारोपण सम्पन्न

नेपालगंज नर्सिङ्ग क्याम्पसद्वारा त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवसमा खेल प्रतियोगिता तथा वृक्षारोपण सम्पन्न

2023-06-27

२०८० अषाढ १२
नेपालगंज नर्सिङ्ग क्याम्पस, बाँकेले Indoor Game  प्रतियोगिता र क्याम्पस परिसरमा वृक्षारोपण गरी त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवस भव्यरुपमा मनाएको छ |

अषाढ ११ सोमबार चेस, क्यारमबोर्ड, लुडो, चित्रकला आदि खेलहरू समावेश गरी यस क्याम्पसमा अध्ययनरत बि.एन.एस. तथा बि.एस.सी. नर्सिङ्ग विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षक/कर्मचारीहरूको सहभागितामा Indoor Game  प्रतियोगिता भव्यताकासाथ आयोजना गरी विजेतालाई प्रमाण-पत्र सहित वितरण गरी सम्पन्न गरियो | क्याम्पस विद्यार्थी कल्याण प्रमुख तथा Extra Curricular Activities Committee संयोजक रेखा खड्काले विद्यार्थीहरूलाई यस्ता खेलहरूमा सहभागी गराउँदा उनीहरूको सृजनात्मक तथा मानवीय सीप विकास हुने बताउनु भयो |

अषाढ १२ मंगलबार त्रिभुवन विश्वविद्यालयको स्थापना दिवसकै दिन बिहान ७:०० बजे देखि क्याम्पस परिसर भित्र शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा १०० भन्दा बढी विभिन्न प्रजातिका फुल तथा बोटबिरुवाहरू रोपी भव्यताकासाथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो | नेपालगंज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख श्री तुलसा सुनारले संयुक्त रूपमा विरुवा रोपी उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो|